प्युठानमा ट्याक्टर दुर्घटना, एक जनाकाे मृत्यु दुई घाइते

प्युठान । प्युठानमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

लु ३ त १०८३ नम्बरको ट्याक्टर झिमरूक गाउँपालिका-३ डोहोटेपानीमा मंगलबार राति दुर्घटना भएको थियो ।

मच्छी बजारबाट निर्माण सामग्री बोकेर बादीकोट जाँदै गर्दा दुर्घटना भएको हाे । दुर्घटनामा परि झिमरुक-२ कमिरेपानीका २९ वर्षीय धर्बिन्द्र रामतको मृत्यु भएको छ, भने ३४ वर्षीय प्रेम सामत र २० वर्षीय कृष्णा क्षेत्री घाइते भएका प्रहरीले जनाएको छ ।

रामतलाई उपचारका लागि बुटवल लगिएको र क्षेत्रीको जिल्ला अस्पताल प्युठानमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालयका प्युठानले जानकारी दिएकाे छ । ट्रयाक्टर सडकबाट झन्डै तीस मिटर तल खसेको थियो । ट्रयाक्टर चालक भने फरार रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?