जन्मदिनको अवसरमा नियमित विद्यालय आउने विद्यार्थी पुरस्कृत

राेल्पा । संस्थागत विद्यालयको रुपमा स्थापित रोल्पा रेडियसन इङलिस बोर्डिङ स्कुल परिवर्तन २ राङ्सीका फाउन्डर तथा प्रिन्सिपल कमल वलीको २७ औं बसन्त पुरा गरेको जन्मउत्सवको अवसरमा आफ्नै विद्यालका नियमित विद्यालय आउने विद्यार्थीहरुलाइ पुरस्कृत गर्नुभएको हो ।
स्कुल संचालन भएदेखि हालसम्म लगातार विद्यालय उपस्थित हुने विद्यार्थीहरुमध्येबाट ८ जना विद्यार्थीहरु पुरस्कृतमा परेका छन । यसरी विद्यार्थीलाई प्रोत्साहन दिदा विद्यार्थीहरु नियमित विद्यालय आउमा पनि उत्साह जगाउने र अरु धेरै अप्सेन्ट हुने विद्याथीलाई समेत यसले महत्वपूर्ण भुमिका खेल्नेछ। जन्म उत्सवको स्वर्णिम अवसरमा अब प्रत्येक वर्ष कुनै न कुनै शैक्षिक गतिविधिका साथै सामाजिक कार्यमा सहयोग गर्ने कुरा प्रिन्सिपल वलीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?