तुलसीपुर उपमहानगरपालिकाद्धारा सडक छेउका १२ ठेला जफत

दाङ । तुलसीपुर तुलसीपुर बजारका विभिन्न भागबाट १२ वटा ठेला जफत गरिएको गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले फुटपाट व्यापार गर्दै आएका १२ वटा ठेला जफत गरेको हो । तुलसीपुरको बसपार्क र बजारका विभिन्न ठाउँबाट १२ वटा ठेला जफत गरेको एक वडा सदस्यले जानकारी दिनुभयो ।

विगत एक महिनादेखि बजारमा ठेला नलगाउन सूचना जारी गरे पनि व्यापारीले अटेर गरेकाले ठेला जफत गरेको उहाँको भनाइ छ । बजारको विभिन्न ठाउँमा ठेला राख्दा दुर्घटना तथा फुटपाट नियन्त्रण गर्नको लागि उपमहानगरपालिकाले यस्तो कदम चालेको उहाँले बताउनु भयो । साथै क्यारेटमा राखेर व्यापार गर्ने व्यापारीलाई भने व्यापार गर्न दिने उहाँले बताउनु भयो ।

ठेला तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा राखिएको छ । यस्तै यता घोराही बजारका विभिन्न स्थानहरुबाट पनि ठेला नियन्त्रणमा लिने तथा क्यारेटमा राखेर समेत व्यापार गर्नेहरुका सामाग्री जफत गर्ने काम उपमहानगरले गर्दै आएको छ ।

यसले गर्दा सडक छेउमा व्यवसाय गर्दै दैनिकी चलाउनेहरु निकै मारमा परेको दुखेसो गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?