रोल्पाको विभिन्न स्थानमा आगलागी

राेल्पा। रोल्पाको दुई सामुदायिक बनमा हिजो (मंगलवार)देखी लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्लाको त्रिवेणी गाउँपालिका क्षेत्रको नुवागाउँ स्थित एक सामुदायिक बनमा हिजो देखी आगलागी भएको हो ।

प्रहरी र स्थानियले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक सन्तोष कुमार केसीले जानकारी दिनु भएको छ ।

यस्तै सुनिलस्मृति गाउँपालिका वडा नम्वर ७ स्थित सामुदायिक बनमा हिजोदेखी आगलागी भएको छ ।सामुदायिक बनमा लागेको आगो बस्ती भन्दा टाढा रहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?