साउदीस्थित नेपाली दूतावासको आग्रह : कामदारले अपरिचितसँग गफ नगर्नू

काठमाडौं । साउदी अरबस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ। आफ्नो फोन अरुलाई प्रयोग गर्न नदिन अनुरोध गरेको छ। अरुको उक्साहटमा लागेर आफू काम गर्ने कम्पनीको विरुद्धमा नारा विरोध, गोष्ठी नगर्न दूतावासले आग्रह गरेको छ।

राजदूतावासले हुन्डीबाट पैसा नपठाउन र बैंकिङ कारोबारबाट मात्र स्वदेशमा पैसा पाउनलाई अनुरोध गरेको छ। साउदीको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज र राजनीतिक व्यवस्थालाई सम्मान गर्नलाई राजदूतावासले जारी गरिएको विज्ञप्तिमा उल्लेख गरेको छ।

‘गर्मी मौसम सुरु भएको छ। प्रशस्त पानी पिउनुहोस्। कोठा बाहिर र भित्रको तापक्रम सन्तुलन गरेर एसी चलाउनू,’ विज्ञप्तिमा लेखिएको छ,’ बढी तलब पाउने लोभमा करार अवधि समयमा कम्पनी छोडेर नभाग्नू।’

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 2 =