भोकमरी सूचकांकमा नेपाल ७३औँ स्थानमा

काठमाडाैं । विश्वव्यापी भोकमरी सूचकांक (जीएचआई) मा नेपाल ७३ औँ स्थानमा परेको छ । सार्वजनिक गरिएको विश्व्यापी भोकमरी सूचकांक प्रतिवेदन २०२० मा १०७ देशमध्ये नेपाल ७३ औँ स्थानमा परेको हो ।

सन् २०२० मा जीएचआई १९.५ छ । सन् २००० मा नेपालको जीएचआई सूचाकांक ३७.४ थियो । सन् २००० मा भोकमरी सूचाकांकमा नेपाल जोखिमपूर्ण अवस्थामा थियो । सन् २००६ मा ३१, सन् २०१२ मा २२.८ थियो ।

सन् २०२० मा भोकमरीको अवस्थामा मध्यम अवस्थामा आए पनि सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने लक्ष्य प्राप्ति हुन गाह्रो प्रतिवेदनमा औँल्याइएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१५ मा नेपालसहित अन्य सदस्य राष्ट्रद्वारा दिगो विकासका लक्ष्यहरु अवलम्बन गर्ने घोषणा गरेको थियो ।

यी लक्ष्यहरुमध्ये सन् २०३० सम्म भोकमरी शून्यमा झार्नु पनि एक हो । तर, विश्वव्यापी कोरोनाभाइरस महामारी र अन्य चुुनौतीका कारण यो लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको प्रतिवेदनमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?