तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणका लागि सर्भे

तुलसीपुर । तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई इन्धन डिपो निर्माणकालागि बिहीबार सर्भे गरिएको छ । डिपो निर्माणका लागि लागत स्टमेट तयार गर्न प्राविधिकको टोलिले सर्भे गरेको नेपाल आयल निगमका प्रबन्धक मनोहर डिसीले जानकारी दिनुभयो । नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच कठ्ठा जग्गा उपलब्ध गराउन केहि समय अघि लिखित सहमति जनाइसकेको छ ।

प्राविधिक टोलिले इन्धन डिपो निर्माणका लागि आवश्यक पर्ने संरचना कहाँ कस्तो खालको निर्माण गर्ने भन्ने विषयमा पूर्णरुपमा लागत स्टमेट तयार गरेपछि टेण्डर प्रकृयामा जाने छ ।

‘स्टोरेज टयाङ्क, भवन, पार्किङ स्थल, प्रवेशद्धार, आवतजावतका लागि सडक र पर्खाल कहाँ राख्दा उपयुक्त हुन्छ भन्नका लागि स्थलगत अध्यन गर्न आएका हौ,’ प्रबन्धक डिसीले भन्नुभयो–‘ डिटेल स्टमेट गरेपछि अबको १०÷१५ दिनमा टेण्डर गछौ ।’

निगमले अबको ४५ दिनमा निर्माणको काम सुरु गर्ने दाबी गरेको छ । डिटेल स्टमेट, टेण्डरको सूचना र मुल्याङ्कन गर्दासम्म समय लाग्ने भएकाले अलि ढिलोगरी काम सुरु हुने प्रबन्धक डिसीले बताउनुभयो । कार्तिक महिनादेखि यता आयल निगमको टोलिले अहिलेसम्म ४ पटक स्थलगत अनुगमण गरिसकेको छ ।
दैनिक ३ वटा जहाजले उडान भरेपनि एक महिनासम्म तेलले पुग्नेगरि ३० केएलका २ वटा अन्डरग्राउण्डेड टयाङ्क निर्माण गर्ने र त्यसका लागि टयाङ्क र बाउजर मेसिन तयारी अवस्थामा राखेको निगमले जनाएको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले गएको मंसीर ८ गते बैशाख १ गते उद्घाटन गर्ने प्रतिवद्धता जनाएको पाँचमहिनापछि निगमका प्रबन्धक डिसीले हवाइ इन्धन डिपो संचालनमा आउन अझै ७ महिना लाग्ने बताउनुभ भएको छ ।
निगमका कर्मचारीका भनाइ र गराईमा तालमेल नमिलेपनि दाङबासीले भने आशा अझै मारेका छैनन् ।

राजनीतिक दलका नेता, मन्त्रीदेखि स्वयम निगमका कर्मचारी समेतलाई यस क्षेत्रका जनताको जागरुकता, सक्रियताले पनि डिपो नबनाई धरै नहुने डिपो स्थापनका लागि दशकौदेखि पहल गर्दै आउँनुभएका तुलसीपुरका प्रतिष्ठित व्यापारी बलदेव शर्माले बताउनुभयो । तुलसी व्यापार सेवाका संचालक समेत रहेका प्रतिष्ठित व्यापारी शर्माले इन्धन डिपो निर्माणका लागि तत्कालिन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईदेखि हालसम्मका आपूर्तिमन्त्रीलाई व्यक्तिगत तथा सामूहिक रुपमा भेटेको बताउनुभयो ।

२०११ सालमा स्थापना भएको टरिगाउँ बिमान स्थानलमा हिजोआज वायुसेवा निगमको बिमानले हप्तामा सातैबार उडान भर्दै आएको छ । सर्भे टोलिमा निगमका इन्जिनियर अर्चना घिमिरे, कन्सलटेन्ट दिनेश लामीछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका दाङका प्रमुख कैलाश आचार्य, नेपाल आयल निगमम इन्धन डिपो तुलसीपुरका प्रमुख विपिन श्रेष्ठ, तुलसीपुर उपमहागनरपालिकाका प्रवक्ता सुर्य बहादुर डाँगी(श्याम) लगाएतको सहभागिता रहेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =