ताइवानमा रेल दुर्घटना, ३६ यात्रुको मृत्यु, उद्धार कार्य जारी

एजेन्सी । ताइवानमा शुक्रबार बिहान रेल दुर्घटना भएको छ। बिहान ९: ३० देशको पूर्वी हुलियन क्षेत्रको टनेलमा रेल दुर्घटना हुँदा ३६ जना यात्रुको मृत्यु भएको जनाइएको छ।ट्रकसँग ठोक्किएर रेल दुर्घटना भएको ‘च्यानल न्युज एसिया’ले जनाएको छ।

रेलमा ३ सय ५० जना यात्रु सवार रहेको बताइएको छ। दुर्घटनामा घाइते ६१ जनालाई अस्पताल भर्ना गरिएको छ। ७३ जना रेलभित्र रहेको र उद्धार कार्य भइरहेको स्थानीय प्रहरीले जनाएको छ। रेलमा बिदा मनाउन हिँडेका पर्यटकहरू रहेको अन्तर्राष्ट्रिय सञ्चा‍र माध्यमले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?