बाँकेमा भिषण आगलागीबाट एक सय भन्दा बढि घरगोठ जलेर नष्ट

बाँके । बाँकेको नरैनापुर गाउँपालिका ४ खोदना बस्तीमा भएको भिषण आगलागीबाट एक सय भन्दा बढि घरगोठ जलेर नष्ट भएको प्रहरीले बताएको छ । पछिल्लो विवरण अनुसार आगलागीबाट एक सय दब वटा घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।शनिवार दिउँसो तिन बजेतिर बस्तीमा लागेको आगो राती ११ बजे मात्रै नियन्त्रणमा आएको थियो ।

प्रहरीका अनुसार आगलागी पिडितलाई विभिन्न ठाउँबाट सहयोगहरु आईरहेको र व्यवस्थापन गर्ने तयारी भईरहेको बाके प्रहरीले बताएको छ । आगलागीबाट मानवीय क्षती हुन नपाएको र कती रमक बराबरको क्षती भयो भन्ने बारे थप विवरण सकंलन भईरहेको प्रहरीले बताएको छ । आगलागी कसरी भएको हो भन्ने बारे केहि खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?