राजु मास्टर र बल्छी ध्रुब्रेको नयाँ टेलिशृखला ‘जुठे’लाई औधी रुचाए दर्शकले, लगातार ट्रेण्डिगंको शीर्ष स्थानमा

राजु मास्टर र मरिचमान श्रेष्ठ बल्छी ध्रुब्रेको नयाँ टेलिशृखला ‘जुठे’को भाग ३ ट्रेण्डिगंको शीर्ष स्थानमा उक्लिएको छ । हिमालय टीभीबाट प्रसारणमा आएको शृखला ‘जुठे’ प्रशारण भएको केही दिनदेखि नै चर्चामा रहेको छ । पहिलो भागबाट नै दर्शकको साथ पाएको शृखलाले तेस्रो भागसम्मआउँदा उत्साहजनक साथ पाएको छ । सामाजिक बिषयवस्तुमा निर्माण गरिएको शृखलाले दलित मुक्ती आन्दोलनको बिषयमा उत्पीडनको बिषयलाई चित्रण गरेको छ ।

यो सामाजिक सिरियलमा हिमालय टीभीमा वुधबार बेलुकी ८ बजेबाट प्रशारण हुँदै आइरहेको छ । राजु पौडेल र मरिचमान श्रेष्ठको निर्देशनमा तयार भएको शृखलामामा रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, राजु पौडेल, मरिचमान श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । राहुल राई र घनश्याम पोखरेलले छायांकन गर्ने सिरियलमा रविन भट्टको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?