परिवर्तन गाउँपालिका २ राङ्सी राेल्पामा महिला पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

राेल्पा । सहिद स्मृति युवा क्लब परिवर्तन २ राङ्सी रोल्पाको आयोजना तथा वडा कार्यालय राङ्सीकाे आर्थिक सहयोगमा डबल महिला ब्याडमिन्टन तथा पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । क्लबका अध्यक्ष रेग बहादुर डाँगीको अध्यक्षबाट आैपचारिकत्क पाएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा परिवर्तन २ राङ्सीका वडा अध्यक्ष हरि प्रसाद बुढामगर विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुको न्यानो आतिथ्यता रहेको थियो ।

तिनदिनसम्म सम्म चलेको उक्त कार्यक्रममा महिला डबल ब्याडमिन्टन प्रतियोगिता तर्फ बिजेता दिलमाया घर्तीमगरको टीम र उपविजेता सुष्मा विकको टीम भएका थिए भने पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता तर्फ विजेता थमन श्रेष्ठको टीम र उपविजेता कमल वलीको टीम भएका थिए भने सेमिफाइनल प्रवेश (तेस्रो,सान्त्वना) क्रमश: रेग बहादुर डाँगीको टीम र दिपक घर्तीमगरको टीम भएका थिए।

क्लबका कोषाध्यक्ष मोहन घर्तीमगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण क्लबका वरिष्ठ उपाध्यक्ष झक्कु प्रसाद घर्तीमगरले गर्नुभएको थियो । उक्त महिला तथा पुरुष डबल ब्याटमिन्टन प्रतियोगिता राेल्पा रेडियसन बोर्डिङ स्कुल प्राङ्गण राङ्सी रोल्पामा सम्पन्न भएको ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?