तेश्रो रुन्टीगढी राष्ट्रपति रनिङ सील्ड प्रतियोगिता सम्पन्न

राेल्पा ।  चैत्र २६ गतेवाट रोल्पाको होलेरीमा सुरुभएको तेश्रो रुन्टीगढी राष्ट्रपति रनिङ सील्ड प्रतियोगिताको एक कार्यक्रमका विच समापन गरीएको छ । राष्ट्रका लागी खेलकुद स्वास्थयका लागी खेलकुद भन्ने मुल नाराका साथ सुरु गएको उक्त कार्यक्रममा भलिवल प्रतियोगीता मात्रै समावेस गरीएको थियो ।

गाउँपालीका भित्रका ९ माध्यामीक विधालय विच भएको उक्त छात्र भलिवल तर्फ आयोजक वनेको विधालय महेन्द्र मावि होलेरीले सिल्ड हात पार्न सफल भएको छ भने उपविजेता नेपाल राष्ट्रीय माध्यामीक विधालय रिठावोट र तेश्रो सुर्योदय मावि मसिना भएका छन ।

त्यस्तै छात्रातर्फको भलिवल खेलको उपाधि भने शरस्वति मावि सतिमले हात पार्न सफल भएको छ त्यस्तै उपविजेता जनकल्यान मावि सर्पाल र तेश्रो महेन्द्र मावि होलेरी वनेका छन । आयोजक महेन्द्र माध्यामीक विधालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पुन नजरले विजयी टिमलाई पुरस्कार हस्तान्तरण गदै खेलको महत्वको वारे विधार्थीहरुलाई वताउदै खेल आफनो लागी मात्र नभइ राष्ट्रकै लागी भएको स्पष्ट पार्नुभएको थियो ।

साथै उहाँले विधार्थीले पठनपाठनको विकास सगै खेलप्रति पजि चासो राख्न सकेमा यस्ले विधार्थीको चौतफी विकासमा मद्धत गर्नेभन्दै सवै विधालयले खेलमा समेत लगानी गर्नुपर्ने वताउनुभएको थियो ।

महेन्द्र माविको प्राङ्गनमा सम्पन्न उक्त समापन कार्यक्रमको सहजिकरण विधालयका शिक्षक तारा बहादुर बाढाले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?