राष्ट्रपतिले बाँडेको विभूषणबाट लिम्पियाधुरा गायब !

काठमाडाैं । संविधानको संरक्षकको रुपमा रहेकी राष्ट्रपतिबाटै वितरण  गरिएको विभूषणमा नेपालको नक्सा गायब भएको छ।

विभूषणमा डिजाइन गरिएको नेपालको नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुराको भाग नै गायब भएको हो।

यो लोगो संविधानविपरीत हो। संविधानको धारा ९ (२) मा ‘नेपालको निसाना छाप अनुसूची ३ मा उल्लेख भएबमोजिम हुनेछ’ भनिएको छ। सरकारले लिम्पियाधुरासम्मकै भूभाग समेटेर गत जेठमा जारी गरेको नक्साअनुसार गत असार ४ मा संविधानको अनुसूची ३ संशोधन गरिएको छ।

संविधानको संरक्षक राष्ट्रपति हुन्। तर राष्ट्रपतिबाट वितरण गरिएको विभूषणमा नेपालको नक्सा पूर्ण रुपमा नभएको पाइएको हो।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्राध्यापक मीना वैद्य मल्ल, गृहमन्त्रीका सुरक्षा विज्ञ इन्द्रजित राई, हरिहर शर्मा, इन्जिनियर कासेन्द्रप्रसाद यादव, पूर्वउपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने सदस्यसचिव रहेको विभूषण समिति बैठकले सिफारिस गरेबमोजिम २०७६ भदौ ३१ को मन्त्रिपरिषद्बाट स्वीकृत नामावलीमा रहेकालाई शुक्रबार विभूषण बाँडिएको हो ।

गृह मन्त्रालयले भने ती विभूषण २०७७ वैशाखअघि नै बनाइएकाले पूरानै नक्सा भएको बताएको छ।

आयोमेलबाट

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − six =