संसदवाट पनि लखेटिए माधव नेपाल पक्षका नेता, खोसियो जिम्मेवारी

काठमाडौं । अनौपचारीक रुपमा विभाजन भएको नेकपा एमालेमा शक्ति प्रदर्शन गर्ने र एक अर्कालाई कारवाही गर्ने क्रम जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षले माधव नेपाल पक्षलाई पार्टीको जिम्मेवारीवाट हटाउँदै त्यस ठाउँमा आफ्ना पक्षका नेतालाई अवसर दिदै गएका छन् । अहिले सबै भन्दा ठूलो दलको हैसियतमा रहेको नेकपा एमालेमा प्रधानमन्त्री ओली शक्तिशाली छन् । उनी एमालेको अध्यक्षको हैसियतले आफ्ना विपक्षी र विरोधीहरुलाई पार्टीको जिम्मेवारीवाट मुक्त गर्ने गरेका छन् ।

हालै एमालेले संसदिय समितिमा पनि ब्यापक हेरफेर गरेको छ । दलीय अनुपातमा प्रतिनिधित्व हुने संसदीय समितिमा आफ्नो हैसियत अनुसार सदस्य हेरफेर गरिदिन संसदको सबैभन्दा ठूलो दल एमालेले सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरेको छ । विषयगत समुहहरुमा हेरफेर गर्न आग्रह सहितको पत्र एमालेले पठाएको छ । जसमा माधव नेपाल समर्थक सुरेन्द्र पाण्डलाई संसदिय दलवाट हटाइएको छ ।

एमालेले २५ चैतमा सभामुख सापकोटालाई पत्र लेख्दै संसदका विषयगत समितिका सदस्यहरू हेरफेर गरिदिन आग्रह गरेको हो ।

सरकारका कामकारबाहीमाथि अनुगमन तथा नियमन गर्ने अधिकार पाएका संसदीय समितिको महत्व अनुसार ओलीले आफ्ना पक्षका नेताको नाम सिपारिस गरेका छन् ।

प्रभावशाली समिति मध्यको एक संसदीय सुनुवाइ समितिबाट सुरेन्द्र पाण्डे हटाइएका छन् । नेकपा एमालेको सदस्यबाट समेत ६ महिनाका लागि निलम्बनमा परेका पाण्डेलाई संसदीय सुनुवाइ समितिबाट हटाइएको हो ।

एमालेले हेरफेरका लागि सभामुखलाई बुझाएको नाममावलीमा सुनुवाइ समितिका लागि पाँच जनाको नाम पठाएको छ । जसमा निरुदेवी पाल, खगराज अधिकारी, विशाल भट्टराई, शान्ता चौधरी र राजेन्द्र राईको नाम पठाइएको छ ।

पाल यसअघि पनि संसदीय सुनुवाइ विशेष समितिमा थिइन् । मुख्य सेचतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीका साथै खगराज र राजेन्द्र राई यसपटक थपिएका हुन् । संसदीय सुनुवाइ समितिमा एमाले बिना कसैको दुई तिहाइ बहुमत नपुग्ने भएकाले पनि प्रधानमन्त्रीका विश्वासपात्र सांसदहरूलाई त्यहाँ पठाइएको हो ।

सरकारलाई असहयोग गर्ने समितिहरूमा प्रधानमन्त्रीका भरपर्दा सहयोगीलाई पठाइनुले समितिमा एमालेको भूमिका फरक हुने देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको भूमिकाप्रति असन्तुष्ट थिए । विकासका काममा समितिले असहयोग गरेको आरोप थियो । उनले आफुलाई सहयोग गर्ने आफ्ना समर्थकलाई समितिमा पठाएका छन् । छन् । संसदीय समितिले विकास निर्माणमा अवरोध सिर्जना गरेको आरोप पटक(पटक लगाउने गरेका छन् ।

पछिल्लो हेरफेरमा ओलीले आफू निकट र काम गर्न सजिलो हुने सांसदलाई प्रभावशाली समितिमा पठाएका छन् । समितिहरुमा महेश वस्नेत, गोकुल बाँस्कोटा, राजेन्द्र गौतम लगायत विश्वास पात्रहरुलाई पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?