जन्मदिनको अवसरमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

राेल्पा । माडी गाउँपालिका-५ भावाङका  वडा अध्यक्ष एवम् रेडियाे माडी आवाज राेल्पाका अध्यक्ष भरत बहादुर बुढा मगरले आफ्नो जन्मदिनकाे अवसरमा ब्लड क्यान्सर पीडितको उपचारार्थ आर्थिक रकम सहयोग गर्नुभएको छ।

जन्मदिनको अवसरमा उहाँले माडी गाउॅंपालिका-२ घर्तीगाउॅं निवासी ब्लड क्यान्सर पीडित विवेक घर्तीमगलाई आर्थिक सहयोग गर्नुभएको हो ।

उहाँको उपचारका लागि सहयोग पुगोस् भनेर ६ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेको बुढा मगरले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?