प्रचण्डलाई राज्यव्यवस्था समितिबाट हटाइयो

काठमाडाैं । सरकारले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिका सदस्यहरुमा व्यापक हेरफेर गरेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई राज्यव्यवस्था समितिबाट हटाएर कानुन न्याय तथा मानव अधिकार समितिमा राखिएको छ।

गोकुलप्रसाद बाँस्कोटा सार्वजनिक लेखा समितिमा पुगेका छन्। विभिन्न समितिमा १४ जना नयाँ सदस्य थपिएका छन् भने आठ सांसदको समिति परिवर्तन गरिएको छ। आजकोे बैठकमा सदस्य थप तथा हेरफेरको नाम सभामुखले पढेर सुनाएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?