स्वर्गद्वारी कोचिवाङको डढेलो अझै नियन्त्रण बाहिर, ६ घरसङ्गै १ गोठ जलेर पूर्णरूपमा क्षति

प्युठान । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङका शान्ति सामुदायिक वन र बराह सामुदायिक वनमा लागेको आगो (डढेलो) अझैसम्म पनि नियन्त्रणमा आउन सकेको छैन ।
शान्ति सामुदायिक वन खाल्टे कोचिवाङको जङ्गलबाट चैत ३० गते बिहान करिब ९ बजेतिरबाट सुरू भएको डढेलोलाई नियन्त्रणमा ल्याउन नसक्दा जङ्गल नजिकै रहेका घर गोठ जलेर नष्ट भएका छन ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा ल्याउन अथक प्रयास गर्दा गर्दै पनि नसकेर स्वर्गद्वारी नगरपालिका १ खाल्टेका स्थानीय खिम बहादुर बिक , बेगम बहादुर जिसी लगाएतका ५ घर जलेर पूर्णरूपमा क्षति भएको त्यहाँका वडा अध्यक्ष मेघराज जिसी ( जीवन ) ले जानकारी दिए । जिसीका अनुसार स्वर्गद्वारी १ रूमका अमृत बहादुर पुनको १ घर र १ गोठ पनि जलेर पूर्णरूपमा क्षति भएका छन ।

बस्तीमा छिरेको आगोलाई जसोतसो नियन्त्रणमा ल्याएता पनि जङ्गलको आगो नियन्त्रणमा आएको छैन । जङ्गलको बिचमा बस्ती भएको हुनाले डढेलो बस्तीमा छिर्ने संकेत देखिए पछि घरपालुवा जनावरहरू र घरभित्रका खाद्यान्न लगाएतका केही सामाग्रीहरू भने सुरक्षीत स्थानमा सारेको हुनाले जनावरिय क्षति भने हुन नपाएको स्थानीय युवा तथा माओवादी केन्द्रका वडा नम्वर १ का अध्यक्ष सुरज संगम सुनारले बताए ।

घर गोठहरू जल्दा भएका अन्य क्षति तथा खर्च विवरण तथा अन्य विवरणहरू आउन बाकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?