चर्चित मोडल श्रीष्टि खड्काले खेलेको २०७८ सालको पहिलो गीतमा किरणबाबु पुनको सिर्जना (भिडियो)

काठमाडाैं । पछिल्लो केहि समय एता सबैको मन मुटु जितेका चर्चित लोकदोहोरी सर्जक किरण बाबु पुनको उत्कृष्ट लय र शब्द सिर्जनामा नया बर्षको शुभकामना सहित मन लोभ्याउने लोकदोहोरी गीत ‘पिपलु बरको’बजारमा आएको छ।नर बहादुर सिंहको प्रस्तुतिमा बजारमा आएको उक्त गीत यतिबेला तहल्का मच्चाउदै छ ।

गीतमा लोकप्रिय गायिका जुनु रिजाल काफ्ले र नर बहादुर सिंहको सुमधुर आवाज रहेको छ भने गीतमा अभिनय चर्चित मोडल श्रीष्टि खड्का र संदेश श्रेष्ठको रहेको छ । हाइलाइटस नेपालको युटुब मार्फत सार्बजनिक भएको उक्त गीत यो बेला निकै चर्चामा छ ।  उत्सब दाहालको छायांकन र शंकर कोइराला र काजि लिम्बुको निर्देशन रहेको गीत नया बर्षको लागि लक्षित गरेर बजारमा ल्याइएको देखिन्छ गीतमा प्रेम कथा बिशेष जोड दिएर बजारमा आएको छ । गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?