गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङको पद खुस्कनै लागेको बेलामा यस्तो चलाखी गरेर बचाए

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो मुख्यमन्त्रीको पद जाने अवस्था देखेपछि प्रदेश सभा नै अन्त्य गरेका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री गुरुङविरुद्ध बिहीबार अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेको थियो । त्यसको जानकारी पाए पछि प्रदेश सभाको अधिवेशन नै अन्त्य गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेको सूचना जारी गरिसकेका छन्।

अविश्वासको प्रस्ताव पेश हुने जानकारी पाएपछि अधिवेशन अन्त्य गरिदिएपछि योजना सफल हुन पाएन । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिजो बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरेको जानकारी दिए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गण्डकी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने सहमति जुटेलगत्तै एमाले नेतृत्वको प्रदेश सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। लुम्बिनी प्रदेशमा माओवादी नेतृत्वमा सरकार बनाउन सघाउन कांग्रेस तयार भएपछि नयाँ समीकरण बनेको थियो। त्यसको सट्टा लुम्बिनी प्रदेशमा कांग्रेसले माओवादी नेतृत्वमा सरकार बनाउन सहमत भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?