धनकुटा र तेह्रथुमबिचको चित्रे बजारमा हिउँ परेजस्तै असिना, सबै सेताम्य (तस्वीर हेर्नुहोस्)

बिहिबार देशैभर मौसम फरक रह्यो । कतै हुरी, कतै पानी त कतै असिना । यस्तै धनकुटा र तेह्रथुमको सिमाना चित्रे बजारमा बिहिबार हिउँ परेजस्तै असिना परेर सडक अवरुद्ध थियो । हिँउ जस्तै गरि सडक ढाक्ने गरि सेताम्य असिनाको तस्वीर हेर्दा हिँउ नै जस्तो लाग्ने गर्छ ।

राजधानीमा पनि बिहीबार राति भयानक हावाहुरी आएको थियो । राति ९ बजेदेखि हावाहुरी चलेका कारण धेरै ठाउँमा विद्युत अवरुद्ध भएको थियो भने इन्टरनेट पनि विच्छेद भएको थियो । कतिपय यात्रामा भएका अथवा घरबाहिर भएकाहरु नराम्ररी प्रभावित भएका थिए ।

देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तस्वीर: भीम उपाध्यायको फेसबुक वाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?