रुन्टीगढी गाउँपालिमा ८ राेल्पामा आगलागी, ३ गाेठ जलेर नष्ट

राेल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं. ८ को बल्दजुरे सामुदायीक बन तथा सल्लेरी सामुदायिक वनमा बुधवार बेलुकीदेखी आगलागी भएको छ ।

आगलागीबाट रुन्टीगढी ८ रोल्पामा ३ वटा गोठहरु जलेर नष्ट भएको वताइएको छ । आगलागीबाट कुनैपनि मानविय क्षती नभएको स्थानिय टेकेन्द्र घर्ती मगरले जानकारी दिनुभएको छ ।

आगोलाई अहिले स्थानिय नागरिक तथा इलाका प्रहरी कार्यालय होलेरीको प्रयासपछि वन क्षेत्रमा नियन्त्रणमा आईसकेको तर अहिले उक्त आगो कपरुकोट गाउँपालिका वडा नं. १ को कालापात्ला क्षेत्रमा आगलागी भैरहेको रुन्टीगढी ८ का वडा सदस्य बलिभद्र रानाले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?