कार्यक्रममा सहभागी भएका प्रचण्डलाई जब ओलीले सबैका अगाडी फोन गरेर यसो भने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लामो समय पछि फोन गरेका छन् । लामो समय पछिको सम्बादहिनता ओलीले तो डे का छन् । कोन्ज्योसोम गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीले फोन गरेका थिए । कार्यक्रममै रहेका बेला ओलीले फोन गरेपछि प्रचण्डले त्यसवारे सार्वजनिक रुपमै जानकारी गराएका थिए ।

भवन उद्घाटनपछि छोटो सम्बोधन गरेका उनले प्रधानमन्त्री ओलीको फोन आएको सुनाए । ‘म यहाँ बस्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको फोन आयो धेरै समयपछि’ उनले भने, ‘म एउटा गाउँपालिकाको भवन उद्घाटन गर्दैछु भनेँ ।’

कार्यक्रम सकिएपछि प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै उनले भने, ‘यो बाटो बनाइदिनुस् भन्नेवाला छु ।’ उनले पूर्वाधार विकासमा सहयोग गर्ने बचन समेत दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन अन्त्‍य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् ।

बैठकमा निम्ता दिनकै लागि ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई फोन गरेको बताइएको छ । प्रधानमन्त्रीको फोन आयो भन्दै प्रचण्ड कार्यक्रमबाट हिडेका थिए । त्यसपछि पनि ओली र प्रचण्डबीच टेलिफोनमा कुराकानी भएको छ । प्रधानमन्त्रीले भोलि सबै विषयमा छलफलका लागि सर्वदलीय बैठक बोलाइएकोले आउनका लागि आग्रह गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिवार विहान ११ बजे प्रधानमन्त्री निवासमा सर्वदलीय बैठक बोलाइएको पुष्टि गरे । त्यसै सन्दर्भमा प्रचण्ड लगायत आफूले कुरा गर्नुपर्ने नेताहरुसँग प्रधानमन्त्रीको कुराकानी भएको थापाले बताए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =