पुर्बमन्त्री पुनद्धारा बाल कल्याण नमुना माविको विद्यार्थी छात्राबास उद्घाटन

राेल्पा । बालकल्याण नमुना माध्यमिक विद्यालयको नबनिर्मित विद्यार्थी छात्राबास भवनको शुक्रबार एक कार्यक्रमाका विच उद्घाटन गरिएको छ । पुर्ब उर्जा जलस्रोत तथा सिंचाई मन्त्रि बर्षमान पुनले रिबन काटेर विद्यार्थी छात्राबासको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै पुनले शैक्षिक वातारण सुधारको लागि छात्राबासको स्थापना हुनु राम्रो पक्ष रहेको बताउनु भयो । बाल कल्याण नमुना मावि जिल्लाको मात्र नभएर देशकै अग्रनी शैक्षिक संस्थाको रुपमा विकास भइरहेको बताउनु भयो ।

उहाँले भन्नु भयो विद्यालयको समग्र विकासका लािग स्थानिय सरकार प्रदेश सरकार र संघिय सरकारमा प्रतिनिधीत्व गर्ने रोल्पाली जन प्रतिनिधीहरुले बिशेस ढंगले सहयोग गर्नुपर्ने बताउनु भयो । म यहि विद्यालयमा पढे मलाई यसै विद्यालयले संस्सकार सिकायो उहाँले भन्नु भयो । आफु पढ्दाको स्मरण गर्दै यस बिद्यालयमा पढेका बिद्यार्र्थी देशका महत्वपुर्ण स्थानमा पुगेको समेत बताउनु भयो । यसैगरि बिशेष अथिति रोल्पा नगरपालिकाका प्रमुख पुर्ण केसिले भौतिक दृष्टिले अब केहि पुर्णतामा जान लागेको र अब यसको गुणस्तर बृद्धि गर्न कार्ययोजना बनाइएको बताउनु भयो ।

रोल्पाको गौरब रोल्पाको सान हामी सबैको साझा बालकल्यण भन्ने नाराका साथ सुरु भएको उद्घाटन कार्यक्रमको स्वागत विद्यालयका प्रधानाध्यापक मधुसुदन पोख्रेलले गर्नु भएको थियो । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका सदस्य निम कुमारि डागि र शिक्षिका उमा केसीले अथितिहरुलाइ फुलमालाले स्वागत गर्नुभएको थियो ।

भवण निर्माणमा नमुना विद्यालयबाट प्राप्त रकम ९७ लाख ४७ हजार ५ सय ३६ र सांसद कोषबाट ४३ लाख ३९ हजार ५ सय ७ गरि कुल १ करोड ४० लाख ८७ हजार ४३ रकम प्राप्त भएको थियो । विद्यालयको ३३ लाख, ८९ हजार ५सय ७६ लगानीमा कुल १ करोड ४५ लाख, ५४ हजार ८ सय १० रुपैयामा भवन सम्पन्न भएको निर्माण ब्यवसायी समितिका संयोजक तथा विद्यालय ब्यवस्थापन समितिका सदस्य जित बहादुर डाँगिले बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा रोल्पा नगरपालिका वडा नं २ का वडा अध्यक्ष खिम वहादुर घर्ति, जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख नरेस सुवेदी, पत्रकार खेम वुढा,गणेश केसी लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको संन्चालन सहायक प्रधानाध्यापक लेखमनि खड्काले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?