रोल्पा रेडियसन बोर्डिङ स्कुल राङ्सीमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत लाेक दाेहाेरी प्रतियोगिता हिजाे सम्पन्न

राेल्पा । निजी विद्यालयको क्षेत्रमा गुणस्तरीय शिक्षा दिदैँ आएको रोल्पा रेडियसन बोर्डिङ स्कुल परिवर्तन गाउँपालिका २ राङ्सी रोल्पाले साप्ताहिक शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत कार्यक्रम संयोजक दिनेश परिवारको संयोजकत्वमा हिजो विद्यालयमा सदन स्तरीय साङ्गितिक क्षेत्र सम्बन्धि रहेको”लोक दोहोरी गीत”प्रतियोगिता सम्पन्न भएको छ ।

हरेक शुक्रबार नयाँ नयाँ कार्यक्रम राख्ने क्रममा हिजो २०७७ को सेसन अन्तर्गत रहेको अन्तिम शुक्रबार साङ्गितिक क्षेत्रको मनोरञ्जनात्मक कार्यक्रम अन्तर्गत विद्यार्थीको लागि”लोक दोहोरी गित प्रतियोगिता चार वटा सदनवीच प्रतिस्पर्धा गरेका थिए।

जस् अन्तर्गत विजेता-विवश श्रेष्ठको (Yellow House) र उपविजेता-शिव बाँठामगरको (White House) भएका थिए ।

यस बोर्डिङ स्कुलले विद्यार्थीहरुको चौतर्फी प्रतिभालाई कदर, सम्मान तथा उचित मुल्यांकन गर्दै प्रत्येक हप्ता नयाँ नयाँ शुक्रबारीय अतिरिक्त क्रियाकलाप चलाएर विद्यार्थीहरुलाई हौसला, प्रोत्साहन र पुरस्कृत गर्दै आइरहेको छ किताबी कुराले मात्र नहुने भएकाले अरुभन्दा फरक पन, सर्वाङ्गिन र गुणस्तरीय शिक्षा हुदैन भन्ने हेतुले नियमित अतिरिक्त क्रियाकलाप संचालन गर्नु परेको बताइएको छ।

शिक्षक थमन श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा निर्णयक मण्डलको संयोजकमा शिक्षिका अनिसा रोकामगर, सदस्यमा शिक्षक जीत बहादुर परियार र सदस्यमा शिक्षक सन्जय घर्तीमगर रहनु भएको थियो भने कार्यक्रमको सहजीकरण शिक्षिका खिमु श्रेष्ठलेगर्नुभएको विद्यालय प्रशासनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?