रोल्पा माडी गाउँपालिकामा व्यक्तिगत घटना दर्ता सामाजिक सुरक्षा र गुनासो सुनुवाइको लागि दर्ता सिविर संचालन

राेल्पा । नेपाल सरकार पञ्जीकरण विभागको समन्वय र माडी गाउँपालिका रोल्पाको आयोजनामा व्यक्तिगत घटना दर्ता सामाजिक सुरक्षा र गुनासो सुनुवाइको लागि दर्ता सिविर माडी गाउँपालिकामा संचालन भैरहेको छ ।

२०७८ बैशाख ४ गते देखि सुरु भएको दर्ता सिविर माडी गाउँपालिकामा रहेका सबै वडाका विभिन्न स्थानको २२ ठाँउमा सिविर बस्ने छ । वडा कार्यालयमा गइ दर्ता गर्न असहज भएका नागरिकहरुलाई गाउँ गाउँमै पुगेर विवरण संकलन गरिरहेको माडी गाउँपालिकाले जनाएको छ ।

ब्यक्तिगत घटना दर्ता सुनिश्चित गर्न र सन २०२४ सम्म डिजिटल नेपाल बनाउने साथै पन्ध्रौं योजना भित्र घटना दर्ता सत प्रतिशत पुर्‍याउने सरकारको प्रतिबद्धता र लक्ष्य रहेकोले यो कार्यक्रम देश भर सन्चालन गर्ने गरि बजेट बिनियोजन गरेको छ । माडी गाउँपालिका भौगोलिक हिसाबले विकट रहेकोले विभागको निर्देशन अनुसार ठुला वडाहरुमा ४ ठाँउ र साना वडाहरुमा ३ ठाँउ रहने गरि दर्ता सिविर सन्चालन भैरहेको छ ।

दर्ता सिविरबाट करिब ५०० बढी लाभग्राहिले सेवा लिने अनुमान गरिएको माडी गाउँपालिका पञ्जीकरण सेवा इकाई केन्द्रका एम आइ एस अपरेटर बिरसिङ वलीले जानकारी दिनु भयो । माडी गाउँपालिकाका प्रायः स्थानमा ईन्टरनेट पहुच नभएकोले अफलाइन सिविर चलेको साथै कोरोना महामारीको जोखिम रहेकोले स्वास्थ्य सुरक्षाको स्वास्थ्य मापदण्ड समेत अपनाइएको छ । क्रमशः ६ नम्बर वडा बाट सुरु भएको कार्यक्रम १ नम्बर वडामा गएर टुंगिने माडी गाउँपालिकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?