इजरायल बन्यो बिश्वकै पहिलो मास्क लगाउन नपर्ने देश, सरकारले नै दियो यस्तो आदेश

काठमाडौं । कोरोनाबाट बच्नका लागि विश्व स्वास्थ्य संगठनले मास्कलाई अनिवार्य प्रयोग गर्नुपर्ने बताउँदै आएको छ । तर इजरायल संसारको पहिलो त्यस्तो देश हो जहाँ मास्क नलगाउन आदेश दिइएको छ ।
इजरायलमा ८१ प्रतिशत जनतालाई कोरोना खोप लगाइसकिएकाले सरकारले अब मास्क लगाइरहनु नपर्ने भनेको हो । सरकारको आदेशपछि मानिसहरू खुशी भएर अनुहारमा मास्क हटाए अनि सामाजिक सञ्जालमा खुशी व्यक्त गरे ।

खोप कार्यक्रम द्रुत गतिमा सम्पन्न गरिएकाले इजरायलमा कोरोना संक्रमण तथा अस्पतालमा भर्ना हुने रोगीहरू संख्या स्वाट्टै घटेको छ । तर विदेशीहरूलाई अनि खोप नलगाएकाहरूलाई सीमित मात्रामा मात्र देशमा प्रवेश दिइएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पत्रकारहरूसँग कुराकानी गर्दै भाइरसमाथि विजय प्राप्त गर्ने विषयमा आफूहरू अग्रणी स्थानमा रहेको बताए । तर कोरोना पूरै निर्मूल नभइसकेको र फेरि फर्किन सक्ने भनी उनले चे तावनी पनि दिए । इजरायलमा आठ लाखजनालाई कोरोना लागेको थियो र ६ हजारजना भन्दा बढीको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?