सिद्ध बराह महादेवकाे मन्दिर पुननिर्माणका लागि सहयाेग हस्तान्तरण

राेल्पा । राेल्पा माडी गाउँपालिका ५ भावाङमा अवस्थित सिद्ध बराह महादेव मन्दिर प्राङ्गणमा मन्दिर संरक्षण तथा पुन निर्माणका लागि सहयोग हस्तान्तरण गरिएको छ ।

माडी-५ भावाङ निवासी समाजसेवी भिमलाल डाँगीले हाल सम्म लागेकाे काठ र तीन वटा मन्दिर निर्माण अन्तिम हुँदा सम्म आवश्यक काठ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

क्रमश सहयोग गर्नेहरूमा सिद्धपुजे पराेपकारी समाज सेवा माडी-५ भावाङका सल्लाहकार दुर्गा प्रसाद डाँगी र उहाँकि श्रीमती प्रगतिशील आमा समूह माडी-५ भावाङकि सक्रिय सदस्य सुरमाली डाँगीकाे नाममा जेठा छाेरा नन्द कुमार डाँगी, जेठी बुहारी हिमा डाँगी र माहिला छाेरा दिनेश डाँगीले संयुक्त रूपमा ५१ हजार ३ सय ५५ रूपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी सन स्टार युवा क्लव राेल्पाकाे एम्बुलेन्स चालक परिवर्तन गाउँपालिका २ राङ्सी स्थायी घर हुनुभएका दिपक डाँगीले ५ हजार ५ सय ६ रूपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी माडी-५ भावाङमा पुख्र्यौली घर भई हाल तुलसीपुर उपमहानगरपालिका दाङ स्थायी घर हुनुभएका समाजसेवी याम बहादुर डाँगीले सहयोग गर्नुभएको छ । त्यसैगरी माडी-५ भावाङ निवासी बुद्धिजीवी एवम् समाजसेवी घमण्ड डाँगीले ४ हजार १ सय ५ रूपैयाँ सहयाेग गर्नुभएको छ । त्यसैगरी माडी-५ भावाङका बाबू आशुतोष डाँगीकाे जन्मदिनको अवसरमा बुवा नन्द कुमार डाँगी र आमा गिता के.सीले ३ हजार सहयोग गर्नुभएको छ । त्यसैगरी माडी ५ भावाङ, खुम्बासामा रहेकाे संयुक्त मिलिजुली युवा समुहका अध्यक्ष घनिष्ट वलीले पनि समुहको तर्फबाट २ हजार ५ सय ५० रूपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

सहयाेग हस्तान्तरण कार्यक्रम माडी ५ भावाङका वडा अध्यक्ष भरत बहादर बुढा मगर, माडी गाउँपालिका न्यायपालिका सदस्य रत्न बहादुर डाँगी लगाएत स्थानीयहरूकाे उपस्थिति रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?