कविता | आवाज

सानो ठुलो उमेर जती नै होस आवाज उठाऊ
देखी देखी नदेखेको झै भाको हामी किन
आफू अघी के सही के गलत राम्रो संग चीन
सही पनी गलत हने के दिन दख्नु पर्यो
न्याय आऊने दिन जहिले पर पर सर्यो

सानो ठुलो उमेर जती नै होस आवाज उठाऊ
अन्याय भाको देख्दा हामी किन चुप लाग्ने
उठाऊ आवाज अति भयो कती सम्म भाग्ने
मानव मलाई लाग्न थाल्यो दही जमाको ठेको
मानवको मानबता आवाजले नै होनी देको

सानो ठुलो उमेर जती नै होस आवाज उठाऊ
संगै आवाज उठाई परिवर्तनको मूल फुटाऊ
आफनो अघि मात्र हैन देश बिदेशमा के हूदैछ सुन्नुस
म बोलेर के होला भन्ने हैन अन्यायमा सधै बोल्नुस
हाम्रो आवाज के हो एस्को मूल्य कहिले भुल्नु हुन्न

धिरज अधिकारी
दाङ , नेपाल !
हाल – अस्टीन , टेक्सास !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?