घोराही होलेरी सडकखण्ड जिर्ण हुँदा नागरिकलाई सास्ति : मर्मतको काम कछुवाको चालमा

  • दीपक जिएम

दाङ । घोराही होलेरी सडकखण्ड अर्थात् सहिदमार्ग अत्यन्त जोखिमपूर्ण र जिर्ण बनेको छ । सरकारले शहीद मार्ग नामाकरण गरेको उक्त सडकको कालोपत्रे उप्कीएपछि खाल्डा खुल्डी मात्रै भएका छन् । जस्का कारण गाडी तथा पैदल यात्रुलाई हिड्न निकै कठिन हुने गरेको छ । करिब ४० करोड रुपैयाँ खर्च गरेर बनाएको उक्त सडक अहिले धुलाम्य र जोखिमपूर्ण बनेको छ ।

सोही सडकखण्ड भएर मोटर साईकलमा दाङदेखी रोल्पाको होलेरीसम्मको यात्रा गर्नुभएका विजय घर्तिले यात्रा निकै कष्टपुर्ण रहेको बताउनु भयो । उहाँले भन्नुभयो,–‘बाटो निकै असहज छ । गएराती पानी परेकाले पनि हिलोले झनै गाह्रो बनायो । बाटो हिलाम्य छ, मोटर साईकल नै बाटोमा पल्टिन्छ कि भन्ने निकै डरका साथ यात्रा गरियो । बाटो मर्मततर्फ सरकारले ध्यान दिनुपर्छे,–‘ उहाँले भन्नु भयो ।

भौगोलिक हिसाबले पनि उकालो ओरालो भएका कारण थप जोखिम रहेको छ । घोराही देखी होलेरी सम्मको करिब ३२ किलो मिटर सडकमा कालोपत्रे उप्कीएको छ भने खाल्डै खाल्डा परेका छन् । दर्जनौ घुम्तीहरुमा झनै सडक छियाछिया परेको छ । शान्ति प्रकृया पछि भारतिय इक्जिम बैंक अफ इन्डियाको सहयोगमा भएको कालोपत्रे अधिकांश स्थानमा सबै उप्कीएको छ ।

त्यहाँका स्थानिय दिलबहादुर पुनले भन्नुभयो,–‘आज पानी परेकाले हिजो आज हिलो भएको हो नत्र धुलोले निकै सताएको छ । सडक जोखिमपुर्ण छ । कहाँनेर दुर्घटना हुन्छ भन्ने डरले मन निकै डराउछ । हामीले स्थानियले सडक मर्मतका लागी आन्दोलन पनि गरेका हौँ । मर्मतका लागी विभिन्न समितीहरु बने तर सडकका काम भने कछुवा चालले भैरहेको छ । उहाँले भन्नुभयो ।

विषेश गरी सिमेन्ट उद्योगका टिप्परहरु चल्ने भएका कारण पनि सडकको अबस्था जिर्ण बनेको स्थानियहरुले बताएका छन् । करिब ४० करोड रुपैयाँ खर्च गरेर बनाएको उक्त सडक अहिले धुलाम्य र जोखिमपूर्ण बनेको छ । सडक मर्मत र स्तरउन्नतीका लागि सरकार सँग रोल्पाका नागरिकहरुले माग समेत गर्दै आएका छन् ।

सडक निकै जिर्ण बनेपछि अहिले विहान ९ बजेसम्म मात्रै टिप्परहरु चल्ने गरेका छन् । ९ बजेसम्म लोड गरेर दाङ फर्कीहाल्ने गरेको टिप्पर व्यवसायी समिती दाङका अध्यक्ष भरतनाथ योगीले जानकारी दिनुभयो ।

केही समय पहिले त्यहाँका नागरिकहरु धुवाधुली चाहिदैन जनता मार्न पाइदैन । टिप्पर जात्रा बन्द गर’ जस्ता नारा समेत लगाएका थिए । शहिदमार्ग अन्तर्गत घोराही–होलेरी सडकखण्डको मर्मत नभएपछि स्थानीय आन्दोलनमा होमिएका थिए । आर्थिक वर्ष ०७४÷०७५ मा ४० करोड लागतमा कालोपत्रे गरिएको सो सडक खण्डमा अहिले कालोपत्रे होईन धुलो र हिलोमात्रै देखिन्छ ।’ कालोपत्रे गरेको वर्षदिनमै उम्किन शुरु गर्यो ।

अहिले सडकमा खाल्डा खुल्डी पर्यो । अहिले सडकमा धुलो मात्र उड्छ । स्थानीय सुवास चन्द भन्नुहुन्छ–’ सडक बिग्रिएपछि यात्रा गर्न मुस्किल भएको छ । ‘चन्दका अनुसार सडकमा ठूला ठूला खाल्डा परेका छन् ।

त्यसैले सजिलै यात्रा गर्न सक्ने अवस्था छैन । यात्रा अत्यन्तै जोखिमपूर्ण र कष्टकर बनेको छ ।’ गर्मी र हिउँदमा धुल्याम्य हुन्छ । वर्षायाममा सडक हिलाम्य हुन्छ’– चन्दले भन्नुभयो–’ बाह्रै महिना यात्रा गर्न नसक्ने अवस्था छ ।’ घोराही–होलरी सडक खण्डमा दैनिक सयभन्दा बढी संख्यामा चल्ने टिप्पर नै सडक बिग्रनुको कारण भएको स्थानीय बताउछन् ।

सडकको भारवहन क्षमताभन्दा बढी लोड भएका सयौं संख्यामा टिप्परहरु चल्छन् । सोनापुर सिमेन्ट र सम्राट सिमेन्ट उद्योगका टिप्परहरु चल्दा कालोपत्रे भत्किएर सडक जीर्ण बनेको स्थानीयको निष्कर्ष छ ।

उक्त सडकखण्डमा १० टनसम्मका टिप्पर चलाउने सम्झौता भएको छ तर अहिले ४० टनसम्म चुनढुंगा बोक्ने टिप्परहरु गुड्ने गरेको स्थानीयको भनाइ छ । शहिद मार्ग योजना कार्यालय रोल्पाले पनि टिप्परकै कारण सडक जीर्ण भएको बताउछ ।

यस्तै घोराहीदेखि ३२ किलोमिटर टाढा रहेको रोल्पाको होलेरी पर्यटकीय सम्भावना बोकेको ठाउँ पनि हो । प्यूठानको स्वर्गद्वारी जाने पनि त्यही बाटो भएर जान्छ तर जीर्ण सडकका कारण आन्तरिक र बाह्य पर्यटकहरुको चहलपहल हिजो आज छैन ।

आफैमा अफ्ठेरो मानिने यो सडक खण्ड झन जिर्ण हुँदा यात्राको अवधीभर यात्रुको मुटु नै कापिरहन्छ । ‘होलेरीबाट घोराही पुग्न १ घण्टा पनि नलाग्ने दुरी हो, तर बसमा २ देखि ३ घण्टा लगाईदिन्छ, बाटै त्यस्तै छ ।’ रोल्पा होलेरीका पदम रोकाले भने, ‘बाटो विग्रेर साह्रै गाह्रो भएको छ हामीलाई, बाटो बन्छ र सजिलो होला भनेको एक वर्ष पनि टिकेन ।

’ स्थानीयबासी सुमित्रा केसीले भन्नुभयो,–‘घाम लागे धुलो र पानी परे हिलो भैहाल्छ, बाटो छेउछाउँमा बस्ने हामीलाई कहिले राम्रो भएन ।’ घाम लागे धुलो घर भित्रै आउछ, पानी परे हिलोमा चिप्लीएर टिप्परहरु घर भत्काउनै आउछ कि भन्ने डरले सुमित्रालाई चिन्ता छ ।

सडक मर्मतको लागी ठाकुर कडेल सञ्चालक रहेको चिल पेश्वी निर्माण सेवाले जिम्मा लिएको छ । सडक मर्मतमा ढिलाई भैरहेको भन्दै आम नागरिकबाट सर्वत्र अलोचना हुने गरेको छ । निर्माण व्यवसायी संघ दाङले सडक मर्मतमा ढिलाई भएकाले चिल पेश्वी निर्माण सेवाको डेन्डर तोडिन सक्ने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?