जन्मदिनको अवसरमा भावाङमा निर्माणाधीन मन्दिरलाई आर्थिक सहयोग

राेल्पा । माडी गाउँपालिका-५ भावाङका बाबु आशुतोष डाँगीकाे जन्मदिनकाे अवसरमा रोल्पाको भावाङमा निर्माणाधीन सिद्ध बराह महादेवको मन्दिर निर्माणमा बाबुको तर्फबाट श्री बाल ज्योति प्रा.बि माडी-५ भावाङ चरिकोटका शिक्षिका गीता के.सी (आमा) र युवा ब्यबसायी नन्दकुमार डागी (बुबा) ले तीन हजार आर्थिक सहयोग गर्नुभएकाे छ ।

माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष भरत बहादुर बुढा मगर र माडी गाउँपालिका न्यायपालिका सदस्य रत्न बहादुर डाँगी लगाएत स्थानियहरूकाे उपस्थितिमा सहयाेग रकम हस्तान्तरण गरिएकाे हाे ।

क्रमश सहयोग गर्नेहरूमा सिद्धपुजे पराेपकारी समाज सेवा माडी-५ भावाङका सल्लाहकार दुर्गा प्रसाद डाँगी र उहाँकि श्रीमती प्रगतिशील आमा समूह माडी-५ भावाङकि सक्रिय सदस्य सुरमाली डाँगीकाे नाममा जेठा छाेरा नन्द कुमार डाँगी, जेठी बुहारी हिमा डाँगी र माहिला छाेरा दिनेश डाँगीले संयुक्त रूपमा ५१ हजार ३ सय ५५ रूपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी सन स्टार युवा क्लव राेल्पाकाे एम्बुलेन्स चालक परिवर्तन गाउँपालिका २ राङ्सी स्थायी घर हुनुभएका दिपक डाँगीले ५ हजार ५ सय ६ रूपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी माडी-५ भावाङमा पुख्र्यौली घर भई हाल तुलसीपुर उपमहानगरपालिका दाङ स्थायी घर हुनुभएका समाजसेवी याम बहादुर डाँगीले सहयोग गर्नुभएको छ । त्यसैगरी माडी-५ भावाङ निवासी बुद्धिजीवी एवम् समाजसेवी घमण्ड डाँगीले ४ हजार १ सय ५ रूपैयाँ सहयाेग गर्नुभएको छ । त्यसैगरी माडी ५ भावाङ, खुम्बासामा रहेकाे संयुक्त मिलिजुली युवा समुहका अध्यक्ष घनिष्ट वलीले पनि समुहको तर्फबाट २ हजार ५ सय ५० रूपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?