निर्माणाधीन सिद्ध वराह महादेवको मन्दिर निर्माणमा घोषणा गरिएको हाल सम्मकै बढी रकम हस्तान्तरण

राेल्पा । रोल्पाको भावाङमा निर्माणाधीन सिद्ध वराह महादेवको मन्दिर निर्माणमा घोषणा गरिएको हाल सम्मकै बढी रकम मन्दिर निर्माण अभियान लाई हस्तान्तरण गरिएकोछ।

सिद्धपुजे परोपकारी समाज सेवा माडी ५ भावाङ रोल्पाद्वारा संरक्षण तथा पुनणिर्माण भैरहेको भावाङमै अवस्थित, हरेक वर्ष लाग्ने ऎतिहासिक भावाङ मेलाको सुरुवातमा पुजिने एवम सयौ वर्षको धार्मिक इतिहास बोकेको सिद्ध वराह महादेवको मन्दिरका लागि भावाङ निवासी दुर्गा प्रसाद डाँगीको घरबाट घोषणा गरिएको रु ५१ हजार ३ सय ५५ रूपैया एक कार्यक्रमका बिच हस्तान्तरण गरिएकोछ।

उक्त रकम मन्दिर निर्माण अभियानता संस्थाका सल्लाहकार श्री दुर्गाप्रसाद डाँगी र उहाकी श्रीमती प्रगतिशील आमा समूह माडी ५ भावाङकि सक्रिय सदस्य सुरमाली डाँगीको नाममा जेठा छोरा नन्दकुमार डाँगी (सिद्धपुजे परोपकारी समाज सेवा दोहा कतारका कोषाध्यक्ष), जेठी बुहारी हिमा डाँगी र माहिलो छोरा दिनेश डाँगी (हाल इन्डियन आर्मिमा कार्यरत) संयुक्त रुपमा प्रदान गर्नुभएको हो ।

यस्तै उक्त कार्यक्रममा सहयोग हस्तान्तरण गर्ने सहयोगीहरूमा सन स्टार युवा क्लव राेल्पाकाे एम्बुलेन्स चालक परिवर्तन गाउँपालिका २ राङ्सी स्थायी घर हुनुभएका दिपक डाँगीले ५ हजार ५ सय ६ रूपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी माडी-५ भावाङमा पुख्र्यौली घर भई हाल तुलसीपुर उपमहानगरपालिका दाङ स्थायी घर हुनुभएका समाजसेवी याम बहादुर डाँगीले सहयोग गर्नुभएको छ । त्यसैगरी माडी-५ भावाङ निवासी बुद्धिजीवी एवम् समाजसेवी घमण्ड डाँगीले ४ हजार १ सय ५ रूपैयाँ सहयाेग गर्नुभएको छ । त्यसैगरी माडी-५ भावाङका बाबू आशुतोष डाँगीकाे जन्मदिनको अवसरमा बुवा नन्द कुमार डाँगी र आमा गिता के.सीले ३ हजार सहयोग गर्नुभएको छ । त्यसैगरी माडी ५ भावाङ, खुम्बासामा रहेकाे संयुक्त मिलिजुली युवा समुहका अध्यक्ष घनिष्ट वलीले पनि समुहको तर्फबाट २ हजार ५ सय ५० रूपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?