राेल्पामा सम्भावना बाेकेका दर्जनाैँ पर्यटकीय क्षेत्र गुमनाम, संरक्षण र प्रर्वद्धनमा चासाे पुगेन

राेल्पा । राेल्पामा पर्यटन विकासका लागि प्रचुर मात्रामा सम्भावना भएपनि सरकारवाला निकायकाे ध्यान जान सकेको छैन ।

यहाँ दर्जनाैं ठाउँमा पर्यटकीयस्थल भएपनि त्यसको संरक्षण र विकास हुन नसक्दा आशा गरेअनुसार पर्यटकहरु भित्रिन सकेका छैनन् पर्यटकीय क्षेत्र भएको ठाउँमा सहज आवागमन र आवास मनाेरन्जन जस्ता सुविधा नहुँदा पनि आन्तरिक र बाह्य पर्यटकहरूलाई समस्या छ ।

प्रसिद्ध धार्मिकस्थल स्वर्गद्वारी महा प्रभुकाे तपोभूमि र जन्म भुमि राेल्पा जिल्ला रुन्टीगढी गाउँपालिका ९ रून्टी गाउँमा पर्दछ तर यहाँ पर्यटकहरुका लागि सहज आवागमनको सुविधा छैन । त्यस्तै रोल्पाको अर्को महत्वपूर्ण धार्मिक स्थल हो जलजला यहाँ पनि सहज आवागमन हुन नसक्दा पर्यटकहरुलाई आवतजावतले समस्या छ । उता यस क्षेत्रको लिबाङ दहतालकाे हालत पनि उस्तै छ सुनका कणहरू भेट्ने सुनछहरी झरणामा पनि पर्यटकहरु भित्रन सकेका छैनन् ।

माडी गाउँपालिका ५ भावाङमा हरेक वर्ष लाग्ने ऎतिहासिक भावाङ मेलाको सुरुवातमा पुजिने एवम सयौ वर्षको धार्मिक इतिहास बोकेको सिद्ध वराह महादेवको मन्दिर शिवपार्वतीको गुफा चर्तुभुज हिमालकाे मनोरम दृश्य देखि तराइका फाट देखिने मुरूले लेक ऐतिहासिक थबाङ गाउँ शाहवंश राजाहरुले राज गरेको खुङ्ग्रीकाेट,गजुल कोटदरबार लगायतका दर्जनौ पर्यटकिय स्थलहरु रहेका छन् । राेल्पाका अधिकांश स्थानबाट सुर्य उदाउँदो र अस्ताउँदोको दुबै दृश्य देख्न मनमोहक ठाउँहरु भएपनि सरकारवालाकाे ध्यान पुग्न सकेको छैन ।

जिल्लामा एउटा सम्म पर्यटन सूचना केन्द्र नहुँदा त्यहाँ पुग्ने पर्यटकहरु समस्यामा पर्ने गरेका छन् । जिल्लामा वार्षिक कति पर्यटक भित्रन्छन् एकीन तथ्यांक कुनै निकायसँग पनि छैन जिल्लामा जिल्लामा धार्मिक पर्यटनकाे
पनि प्रचुर सम्भावना रहेको छ स्थानीय तहले पर्यटन बिकासमा लगानी गरे पनि जुन पर्याप्त छैन् पर्यटक आकर्षित गर्नका लागि स्थानीयको सक्रियतामा गडी लेक सातदोबाटोमा भ्युटावर समेत बनाइएको छ । यातायात र बस्ने बासका लागि हाेटेलकाे राम्रो सुविधा नहुँदा पर्यटकीयस्थल ओझेलमा परेका छन् ।

जिल्लामा पर्यटन विकासका लागि आवश्यक पूर्वाधारको विकासका र पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्नसके पर्यटकहरु भित्रने स्थानीयको अपेक्षा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?