देशभर २ हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २हजार ५ सय ५९ जनामाकोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसङ्ख्यामन्त्रालयकाअनुसार ९ हजार ६६४ जनाको परीक्षण गर्दापीसीआर विधिबाट २हजार ४ सय ४९ तथा एन्टिजेन विधिबाट १ सय १० जनामा सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितमा काठमाडौं उपत्यकाकामात्रै ९ सय ४० जना छन् । काठमाडौंका७ सय ६०, ललितपुरका १ सय६ र भक्तपुरका७४ जनाथपिएका छन् ।

योसँगै नेपालमा कूल सङ्क्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा ४१० जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको संख्या २ लाख७६ हजार ७५५ जनापुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ । नेपालमा सक्रिय सङ्क्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जनाआईसीयूमा १ सय ७०तथा ५९ जना भेन्टिलेटरमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?