नेकपा माओवादी केन्द्र माडी गाउँपालिकाकाे बैठक घर्तिगाउँमा सम्पन्न

राेल्पा । नेकपा माओवादी केन्द्र माडी गाउँपालिकाकाे बैठक आज घर्तिगाउँमा सम्पन्न भएकाे छ ।

बैठकले गाउँपालिका भरिका वडाहरुमा रिक्त रहेको पदपूर्ति गर्नुका साथै वैशाख १३ गतेबाट १५ गतेसम्म ६ वटै वडाहरुमा वडा कमिटीको बैठक सम्पन्न गर्ने निर्णय गरेकाे छ ।

सबै वडाका संगठनहरू ठिकै रहेको र पार्टी एकता पछि संगठनमा आएको अस्थिरता अब ब्यवस्थित धंगले अगाडि बढाउने निर्णय सर्बसम्मत पारित गरिएको छ ।

पार्टीको जनवर्गीय संगठनहरुलाई अझै चुस्त दुरुस्त बनाउदै लैजाने पनि निर्णय भएको छ । जस्को लागि सबै मोर्चाको जिम्मा को कार्यबिभाजन भएको छ ।

उक्त बैठकमा घर्तिगाउँमा रहेको पार्टी कार्यलयमा साइनबोर्ड पनि राखिएको छ । अमरसिंह घर्ती मगरकाे अध्यक्षतामा संचालन वीर बहादुर घर्ती मगर (हावा) ले गर्नुभएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?