कोरोना संक्रमणकै कारण पुर्व सांसदको निधन

दाङ । बाँकेमा पुर्व सांसदको निधन भएको हो । काँग्रेसकी नेतृ तथा संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको शनिवार बेलुकी निधन भएको छ । कोरोना संक्रमणकै कारण नेपालगञ्ज ३ निवासी सिद्दिकीको ६२ वर्षको उमेर निधन भएको हो ।

कोभिड पुष्टि भएपछि गएको चैत २८ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरेर उहाँको उपचार भैरहेको थियो । उहाँको स्वास्थ्य अवस्था विग्रदैगएपछि गत मंगलवारदेखि भेन्टिलेटरमा राखेर उहाँको उपचार भैरहेको अवस्थामा शनिवार बेलुकी निधन भएको भेरी अस्पतालका प्रमुख डाक्टर प्रकाश थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?