नेकपा माओवादी केन्द्र माडी ५ भावाङ वडा कमिटीको बैठक सम्पन्न

राेल्पा । नेकपा माओवादी केन्द्र माडी गाउँपालिका ५ भावाङ वडा कमिटीको बैठक आज सम्पन्न भएकाे छ ।

पार्टीको वडा कमिटी सदस्य जय बहादुर घर्ती मगरको स्वागत मन्तव्यबाट सुरु भएको बैठकमा पार्टीको जिल्ला सदस्य तथा माडी गाउँपालिका इन्चार्ज शेर बहादुर बुढा मगर (सोम) को प्रमुख आतिथ्यता, जिल्ला पार्टी सदस्य नन्द बहादुर पुन मगर तथा गाउँपालिका सरकार अध्यक्षको बिशिस्ट आतिथ्यता, जिल्ला पार्टी सदस्य तथा वडा नं. ५ का पार्टी इन्चार्ज भरत बहादुर बुढा मगर, एकीकृत शिक्षक संगठनका जिल्ला सदस्य सन्त बहादुर बुढा मगर, अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सदस्य सनिदेवल बुढा मगर, Ycl नेपालका लुम्बिनी प्रदेश सदस्य नन्द बहादुर बाथा मगर, प्रेस संगठन जिल्ला सदस्य बुद्धिमान ओलि लगाएतकाे आतिथ्यता रहेको थियो ।

बैठकमा ९ वटै साबिकका वडाबाट र ४ वटा जनवर्गीय संगठनका प्रमुखहरुले रिपोर्ट राखिएको थियो ।

रिपोर्टमा वडाभित्र पार्टी ससक्त रहेको र अब सबै संगठनहरु छित्तै बिस्तार गर्नुपर्ने सहित भाबाङको समग्र बिकासको बिषयमा पनि छलफल भएको छ ।

बैठकबाट साबिक का ९ वटै वडामा टोल स्तरीय कमिटी गठन गर्न यहि वैशाखको १५ गतेबाट १९ गते सम्म सम्पन्न गर्ने निर्णय गरेको छ ।

बैठकमा केपि ओलिले देशलाई बर्वात तिर लग्न खोजेकोले हामी माओवादीहरु फेरि एकपटक जनयुद्धको उपलब्धि जोगाउनका लागि गर्नुपर्ने प्रमुख अतिथि शेर बहादुर बुढाले भन्नु भएको छ ।

बिकासको गति निकै तिव्ररूपमा भैरहेको र अब जनताको माग अनुसारको ठोस ठोस बिकास निर्माण यो अन्तिम बजेतवाट सम्बोधन गर्छौ प्रमुख अतिथि बुढाले भन्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?