‘तपाईंको मास्क खै ?’ हाेलेरीमा चेकिङ अभियान सुरू

राेल्पा । प्रहरीले ‘तपाईंको मास्क खै ?’ अभियान सञ्चालन गरेकाे छ ।

इलाका प्रहरी कार्यालय हाेलेरीकाे पहलमा तपाईंको मास्क खै अभियान सञ्चालन गरेर यात्रुहरूकाे मास्क चेकिङ सुरू गरिएकाे हाे ।

सामुदायिक प्रहरी सेवा केन्द्र राेल्पाकाे जनहितमा जारी सन्देशसहित अभियानमा हाेमिएकाे छ । इलाका प्रहरी कार्यालय हाेलेरीका प्रमुख नारायण जि.सीले घाेराहीबाट बाहिरिने र प्रवेश गर्ने सवारीसाधन तथा सबै नागरिकहरूलाई मास्क लगाउन र सुरक्षित भएर यात्रा गर्न अभियान सञ्चालन गरिएकाे बताए ।

मास्क नलगाउने र अटेर गर्नेलाई हाेलेरीकाे हाेल्डिङ्ग सेन्टरमा दुई घण्टा राखेर सम्झाई-बुझाई गर्ने तथा मास्क किन्न लगाएर छाडिने गरेकाे इलाका प्रहरी प्रमुख प्रहरी प्रमुख जि.सीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?