दाङमा आज १०९ जनामा कोरोना संक्रमण

दाङ । आज दाङका एक सय ९ जनामा कोरोना देखिएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा २ सय ७२ जनामा गरिएको स्वाब परिक्षणमा एक सय ९ जनामा संक्रमण देखिएकोे हो ।

यो सँगै अहिले दाङका सकृय संक्रमितको संख्या ७ सय ८३ पुगेको छ । यसैबिच कोरोना भाइरसको संक्रमणबाट दाङका थप एक जनाको मृत्युभएको छ । नेपालगन्ज मेडिकल कलेज भर्ना भएकातुलसीपुर उपमहानगरपालिका ९ का ७४ वर्षिया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

हिजो कोरोना संक्रमण पुष्टि भएपछि मेडिकल कलेजमै भर्ना गरि उपचार सुरु गरिएको भएपनि उहाँको स्वास्थ्यमा सुधार नआउँदा आज बिहान मत्यु भएको बाँकेका कोरोना फोकल पर्शन तेजबहादुर वलीले जानकारी दिनुभएको छ । यो सँगै कोरोना संक्रमणबाट दाङका ६३ जनाको मृत्युभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?