दाङमा ९ दिन लकडाउनको घोषणा

दाङ । कोरोना संक्रमण जटिलता तर्फ उन्मुख हुदै गएपछि दाङमा यही बैशाख १७ गते देखी ९ दिन लकडाउन गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रतिनिधी, जिल्लाका जनप्रतिनिधी, स्थानिय प्रशासन, सुरक्षा निकाय, उद्योगि व्यवसायी र स्वास्थ्य क्षेत्रका प्रतिनिधीहरु बिच आज घोराहीमा भएको बैठकले बैशाख १७ गते देखी २५ गते सम्म जिल्लाभर लकडाउन गर्ने निणर्य भएको हो ।

दैनिक कोरोना संक्रमितहरु बढ्न थाले सँगै चौतर्फिरुपमा तत्काल लकडाउन गरि नागरिकको जीवन रक्षा गर्नु आवाज उठ्दै आएको छ । बैशाख १७ गते बिहान ६ बजे देखी २५ गते बेलुका ६ बजे सम्मका लागि पहिलो चरणमा लकडाउन गर्ने निणर्य भएको हो । त्यस पछि अबस्था हेरेर थप निणर्य लिईने भएको छ ।

खाद्यान्न पसल भने दैनिक विहान ६ बजेदेखी ८ बजे सम्म खुल्नेछ । यस्तै अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा रोक लगाईएको छ । साथै बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डि अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक सय वेडको बनाउने निणर्य गरेको छ ।

यस्तै तुलसीपुर र घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन र प्रत्येक गाउँपालिकाले २० वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निणर्य भएको छ ।

त्यसैगरी, कोरोना माहामारीको लागी खटिने स्वास्थ्यकर्मीको खर्च व्यवस्थापन गर्न घोराही र तुलसीपुर उपमहानगरपालिकाले मासीक डेढ लाख रुपैयाँका दरले र पालिकाले एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निणर्य पनि भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =