राेल्पा माडी गाउँपालिकामा ‘तपाईंको मास्क खै’ अभियान सुरु

राेल्पा । राेल्पा माडी गाउँपालिकामा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय माडी गाउँपालिका घर्तिगाउँ बजारमा ‘तपाईंको मास्क खै’ अभियान सुरु गरेको हो ।

कोभिड-१९ को जोखिम बढेको भन्दै ईलाका प्रहरी कार्यालय घर्तिगाउँ रोल्पाको आयोजनामा माडी गाउँपालिका अध्यक्ष नन्द बहादुर पुन मगर उपाध्यक्ष धनिकला घर्ति बुढाको उपस्थितिमा गाउँपालिकास्थित राजनीतिक दलका प्रमुख, सुरक्षा निकाय, विभिन्न कार्यालय तथा सरोकारवालाहरुको अगुवाइमा सचेतना मुलक ब्यानरसहित बजार परिक्रमण गरिएको छ ।

कोरोना भाइरसबाट सुरक्षित रहन आम नागरिकलाई आग्रह गर्दै मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि ‘तपाईंको मास्क खै’ अभियान सुरु गरिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने इलाका प्रहरी कार्यालय घर्तिगाउँले जानकारी दिएकाे छ ।

भारतमा कोरोना संक्रमणको दर बढेसँगै माडी गाउँपालिका, राेल्पामा सतर्कता अपनाउन थालिएको छ । इलाका प्रहरी कार्यालय माडी गाउँपालिकाले भिडभाड, जुलुस तथा र्‍याली गर्न रोक लगाएको छ ।

0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?