भारतबाट फर्केका ३४ जनामा कोरोना संक्रमण

कञ्चनपुर । पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट घर फर्किएका ३४ जनामा मंगलबार कोरोनाको संक्रमण पुष्टि भएको छ।

गड्डाचौकीस्थित हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरिएका दुई सय ७७ जनामध्ये ३४ जनामा कोरोना संक्रमण देखिएको हो। भीमदत्त नगरपालिका स्वास्थ्यका शाखाका प्रमुख नरेन्द्रराज जोशीका अनुसार ४३ महिला, दुई सय ३१ पुरुष र तीन बालबालिकाको एन्टिजेन परीक्षण गरिएको छ।

भारतबाट नेपाल फर्कने क्रम बढेपछि हेल्थ डेस्कमा दैनिक रुपमा एन्टिजेन परीक्षणको कार्य हुँदै आएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =