दिल्लीलाई १ रनले हराउँदै शीर्ष स्थानमा बेंगलोर

काठमाडौं । आइपीएल क्रिकेटमा दिल्लीलाई हराउँदै बेंगलोर शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राती भएको खेलमा दिल्लीलाई एक रनले हराउँदै बेंगलोर शीर्ष स्थानमा उक्लिएको हो ।

अहमदावादमा टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले ५ विकेट गुमाएर १७१ रन बनाएको थियो । उसका लागि एबी डिभिलियर्सले सर्वाधिक ७५ र रजत पतिदरले ३१ रन बनाए ।

१७२ रनको मध्यम लक्ष्य पछ्याएको दिल्ली निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रनमा सिमित भयो । अन्तिम ओभरमा जितका लागि १४ रन चाहिएकोमा दिल्लीले १२ रन मात्रै बनाउन सक्यो ।

उसका लागि कप्तान रिषभ पन्तले नटआउट ५८ र शिमरन हेटमेरले नटआउट ५३ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । बेंगलोरका हर्षल पटेलले सर्वाधिक २ विकेट लिए ।

जितसँगै बेंगलोर ६ खेलबाट १० अंकसहित आइपीएलको शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली भने ८ अंकसहित तेस्रो स्थानमा छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =