वीरगञ्‍ज क्षेत्रमा थप २० संक्रमितको मृत्यु

वीरगञ्‍ज । पथलैया औद्योगिक कोरिडोर क्षेत्रमा कोरोनाको दोस्रो लहर छिरेपछि पर्सा, बारा र सर्लाहीका गरी बुधबार बिहान सम्ममा २० जनाको मृत्यु भइसकेको छ।

वीरगन्जको नारायणी र बयोधा अस्पतालमा गरी १९ जनाको मृत्यु भएको नारायणी अस्पतालका डा दासले बताए। ‘पर्साका एक पुरुषको भने सुरुमा नै भरतपुरमा उपचारका क्रममा निधन भएको थियो। उनी पनि संक्रमित थिए’ डा दासले भने।

मृतक सबैमा कडा खालको निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको छ। अहिलेको कोरोनाको लक्षण बाहिरीभन्दा पनि भित्र फोक्सोमा नै गडिसकेको हुन्छ। बचाउने उपाय पनि खासै काम गरिरहेको छैन। भिडभाडमा नजाने र सुरक्षा सामग्री प्रयोग गर्नेभन्दा अरू उत्तम उपाए नभएको नारायणी अस्पतालका चिकित्कसहरूको सुझाव छ।

वीरगञ्‍ज क्षेत्रमा थप दुई संक्रमितको मृत्यु

वीरगन्ज क्षेत्रमा कोरोनाका कारण मृतक बढ्ने क्रम झन् थपिएको छ। बुधबार बिहानसम्म फेरि पर्साको नारायणी अस्पतालमा उपचार गराइरहेकामध्ये २ जना कोरोना संक्रमितको ज्यान गएको हो।

ज्यान जानेहरू एक पुरुष र एक जना महिला रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले बताए। मृतकमध्ये धङ्गधा ४ सर्लाहीका ४३ वर्षीय पुरुष र बाराको स्वर्ण नगरपालिका ७ की ३० वर्षीया महिला रहेको उनको भनाइ छ। पुरुषको राति १ बजेर ४० मिनेट र महिलाको बुधबार बिहान १२ बजेर १५ मिनेटमा ज्यान गएको डा दासले बताए।

मृतक पुरुष मंगलबार र महिला सोमबार वीरगन्जको नारायणी अस्पतालमा भर्ना भएका थिए। उनीहरु दुवैलाई एक्युट रेस्पिरेटरी डिष्ट्रेस सिन्ड्रोम (एआरडिएस) र कडाखालको निमोनिया भएको थियो। त्यसैबाट उनीहरूको निधन भएको डा दासको भनाइ छ।

‘यो लापरबाही गर्ने रोग नै होइन। राम्रो हुन्जेल ठिक नत्र अवस्था केही बिग्रिए बचाउन सकिन्न’ उनले भने।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − fifteen =