दाङमा श्रीमतीको हत्या गरि फरार रहेका श्रीमान पक्राउ

दाङ ।  दाङमा श्रीमतीलाई ढुंगाले थिचेर हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।तुलसीपुर उपमहानगरपालिका ७, ग्वारखोलाबाट उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ श्रीगैं निबासी २५ बर्षीय पदम पोख्रेलले २४ बर्षकी श्रीमती विपना रेग्मी पोख्रेललाई ढुंगाले हानेर हत्या गरेका हुन् । फरार पोख्रेल राती १२ बजे झोला लिएर भागिरहेको अवस्थामा फेला पारेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?