म्यानचेस्टर सिटीसँग पिएसजी पराजित

काठमाडौं । युईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर सिटीसँग पिएसजी पराजित भएको छ।

गएराति पिएसजीको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर सिटीले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

सिटीको जितमा केभिन डी ब्रुने र रियाद महरेजले एक एक गोल गरेका थिए। पिएसजीका मार्कवेन्होजले एक गोल गरेका थिए। पिएसजीले खेलको १६औँ मिनेटमा गोल गरेर पहिलो हाफमा १-० को अग्रता लिएपनि म्यानचेस्टर सिटीले दोस्रो हाममा कमब्याक गरेको थियो। सिटीका लागि ब्रुनेले खेलको ६४औ मिनेट र महरेजले खेलको ७१औ मिनेटमा गोल गर्दै जित दिलाएका थिए।

त्यस्तै खेलको ७७औ मिनेटमा पिएसजीका इद्रीसा गुएयेले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सिमित भएको थियो। योसँगै अब सेमिफाइनलको दोस्रो लिग मे ५ मा म्यान्चेस्टर सिटीको घरेलु मैदानमा हुने छ।

त्यस्तै यस अघि सम्पन्न पहिलो सेमिफाइनलको पहिलो लिगमा भने रियल म्याड्रिड र चेल्सी १-१ गोलको बराबरी खेलेका छन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?