कोरोना संक्रमण भै अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल आइसियूमा, भयो सास फेर्न मुस्किल

काठमाडौं । कोरोना भाइरस संक्रमित पूर्वरानी कोमल शाहलाई आइसियूमा सारिएको छ। उनलाई अक्सिजनको मात्रा कम देखिएपछि आइसियूमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ ।

‘उहाँ (कोमल)मा श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि आइसियूमा सारिएको हो । अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन,’ नर्भिक अस्पतालले भनेको छ ।

अहिले उहाँलाई हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य समस्या देखिएको छैन । अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ’, नर्भिक अस्तालले भनेको छ ।

‘अस्तिसम्म प्रतिमिनेट २-३ लिटर अक्सिजन दिए पनि हुन्थ्यो। तर उहाँलाई समस्या भएपछि हिजो आइसियूमा राख्यौं। अहिले प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिनु परेको छ,’ डाक्टर भने।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?