कोरोना भाइरसबाट सल्यानमा ४२ वर्षीय पुरुषको मृत्यु

सल्यान । सल्यानमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ। जिल्लाको शिद्ध कुमाख गाउँपालिका–२ निवासी ४२ वर्षीय पुरुषको सल्यान जिल्ला अस्पतालमा बुधबार राति उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

केही दिनअघि कोरोना पोजेटिभ देखिएका उनी होम आइसोलेसनमा बस्दै आइरहेका थिए। श्वासप्रश्वासमा समस्या भएपछि बुधबार राति करिब सवा ८ बजे अस्पतालमा ल्याइएका उनको अक्सिजन दिँदादिँदै मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले जानकारी दिए।

यससँगै सल्यानमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुगेको छ। यसअघि शारदा नगरपालिकाका एकजनाको कोरोनाकै कारण मृत्यु भएको थियो। वनगाड कुपिण्डे नगरपालिकाका एक पुरुषमा नेपालगञ्‍जमा मृत्यु भए पनि उनको नेपालगञ्जबाट नै काउन्ट भएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?