नयाँ मोडमा पुग्यो सांसद शाही प्रकरण ! तीन पार्टीले उठाए ८ गम्भिर सवाल: एउटै मान्छे एउटै समयमा दुई ठाउँमा स्वाव दिन कसरी पुगे ?

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि मतदान हुनुअघि सांसद खिमवक्रम शाहीको ‘अप्रत्याशित वेपत्ता’ प्रकरण गम्भिर मोडमा पुगेको छ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) ले ८ गम्भिर प्रश्न उठाउँदै केही माग समेत राखेको छ । ति पार्टीले सरकार पक्षमाथि विभिन्न ८ प्रश्न उठाए उठाउँदै विज्ञप्ती जारी गरेका छन्।

त्यसैगरी उनीहरुले सो सम्बन्धमा ३ बुँदे माग समेत गरेका छन्। तीन दलले बिहीबार एक संयुक्त वक्तव्य जारी गरी घटनाबारे गम्भिर असहमती जनाउँदै सरकारको जवाफ मागेका छन् । एउटै ब्यक्तिको दुई स्थानमा एकै पटक स्वाव लिइएको रिपोर्टमा देखिएको भन्दै तीन पार्टीले त्यसको जवाफ मागेका छन् । आधा घण्टाको फरकमा आएको रिपोर्टका एउटामा कोरोना पोजेटिभ र अर्कोमा नेगेटिभ आउनुमा पनि प्रश्न उठाएका छन् ।


साथै चरक मेमोरियल अस्पतालले सांसदलाई भर्ना गरेपछि देखाएको ब्यवहारमा पनि प्रश्न उठाएका छन् । उनीहरुले सांसदलाई ब न्दी जस्तो बनाइएको र कसैलाई भेट्न नदिइएको घटना प्रति गम्भिर ध्यानाकर्षण गराएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − four =