रोल्पा सुनछहरी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु

रोल्पा । रोल्पामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

आज दिउँसो साढे तीन बजेतिर परेको चट्याङ लागेर सुनछहरी गाउँपालिका-७ जेलबाङका ३ कक्षामा अध्ययनरत ९ वर्षीय बालक अभिषेक पुनमगरको मृत्यु भएको हो । पुनमगरको घटनास्थलमै मृत्युभएको थियो ।

गाउँपालिकाको कार्यालय पोबाङबाट पोषणभत्ता लिएर अभिभावकसहित पुन घरफर्किरहेका बेला चट्याङले हानेको थियो । चट्याङ लागेर अरु पनि घाइते भएका छन् ।

घाइतेभएकाहरुको अवस्था अहिले सामान्य रहेको सुनछहरी गाउँपालिकाका अध्यक्ष आसबहादुर पुनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?