चट्याङबाट राेल्पामा आगलागी, २ घर जले

राेल्पा । राेल्पामा चट्याङबाट आगलागी हुँदा २ घर जलेका छन् ।

पश्चिमी र दक्षिणी रोल्पाका दुई अलग स्थानका दुई घर चट्याङले जलेर नष्ट भएका छन्। परिवर्तन गाउँपालिका-२ बागमारा टाईबाङमा अमन कुमारी रानाको घर जलेको हो। प्रनाउ सुवेदीका अनुसार त्रिवेणी गाउँपालिका-२ दहवनका कृष्ण केसीको घर पनि चट्याङले जलेको हो। घरसहित लत्ताकपडा, धनमाल र अन्नपात सबै जलेका छन्। दुवै घर जलेपनि मानवीय क्षति हुन पाएन। चट्याङले बागमाराको घरमा लागेको आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।

दिउँसोदेखि जिल्लामा असिनासहित भारी वर्षा भइरहेको छ। चार दिनदेखि नुवागाउँ र गुनाम क्षेत्रमा लागेको आगो वर्षाले निभवेको छ भने घर गोठ जलेका अग्नि पीडितलाई भने समस्या परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?